सरकार अस्थिर हुँदा सम्पत्ति शुद्धीकरण निवारण पोलिसिमा समस्या

२०८१ माघ ११ शुक्रवार
सारांश
  • सम्पत्ति शुद्धीकरण निवारण ःकानूनी प्रावधान र जिम्मेवारी सम्बन्धी संञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै उनले प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरणको जानकारी राज्यसँग हुनु आवश्यक रहेको बताएका हुन् ।

काठमाडौं:  सरकारका महान्यायाधिवक्ता रमेश वडालले सम्पत्ति शुद्धीकरण निवारणको लागि महत्वपूर्ण चिज प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरण भएको बताएका छन्  । 


सम्पत्ति शुद्धीकरण निवारण ःकानूनी प्रावधान र जिम्मेवारी सम्बन्धी  संञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै उनले प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरणको जानकारी राज्यसँग हुनु आवश्यक रहेको बताएका हुन् ।


उनले भने, ‘सम्पत्ति शुद्धीकरण निवारणको लागि महत्वपूर्ण चिज भनेको प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरण त्यो  महत्वपूर्ण  कुरा हो । प्रत्येक व्यक्तिको  एकीकृत सम्पत्तिको विवरणको जानकारी राज्यसँग हुन आवश्यक छ । यसको  देशभरी जग्गा कति ठाउँमा छ ?  कुनकुन कम्पनि कहाँ –कहाँ दर्ता गरेको छ ? कुन कुन संस्था दर्ता गर्यो ? त्यो  संस्थामा उसले कति–कति कर तिर्यो र त्यो  कर कानून सम्मत छ की छैन भन्ने कुराको एकीकृत डाटा प्रणालिमा पुर्याउनुपर्ने छ ।’


यसैगरी उनले धेरैजसो सरकार अस्थिर हुँदा सम्पत्ति शुद्धीकरण निवारण पोलिसिमा समस्या आएको बताए । उनले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कतिपय कामहरु समयमा हुन नसकेको बताए ।


उनले भने, ‘सम्पत्ति शुद्धीकरण निवारणको सन्र्दभमा हामीहरुले केही सुधारात्मक कार्यक्रमहरु गर्दै आइरहेका छौँ । तर कहिँलेकाहीँ सरकार अस्थिर हुँदा पोलिसिमा समस्या हुने नै भयो । यसरी सरकार अस्थिर हुँदा कतिपय कामहरु समयमा हुन सकेनन् । समयमा कामहरु नहुँदाखेरी कतिपयलाई यसमा समस्या उत्पन्न भैइरहेको  थियो । गएको  वर्ष  हामीले ऐन जारी गर्यौ ंचैतमा । चैतमा ऐन जारी भैइसके पछाडि जुन रफ्तारमा नियमावली बनाउनुपथ्र्यों त्यो बन्न सकेन ।’

 

 

 

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार